नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटाइएको छ।
अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेको छ।
आन्दोलनका क्रममा राखिएका ब्यारिकेडहरू हटाइए र सडक खुला भएको छ।
ट्राफिक व्यवस्थापन सामान्य हुँदै गएको छ र ट्राफिक प्रहरी सडकमा खटिएका छन्।
पछिल्लो समय देशभरको आन्दोलनका कारण उत्पन्न तनाव नियन्त्रण गर्न सेना परिचालन गरिएको थियो।
नयाँ राजनीतिक विकासपछि अवस्था सामान्य भएपछि सेनालाई ब्यारेकमा फर्काइएको हो।
Post Views: 214