काठमाडौँमा जनजीवन सामान्य

नयाँ सरकार गठन भएपछि काठमाडौँ उपत्यकामा जनजीवन सामान्य बनेको छ।

नागरिकहरू आफ्नो पेसा र व्यवसायमा फर्किएका छन् भने सडकमा सवारी साधनको चाप बढ्न थालेको छ।

शान्ति र सुरक्षाको अवस्था सामान्य रहेको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेन–जी पुस्ताको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

नागरिकको चाहनाअनुसार नयाँ सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभव दिलाउँदै, तोकिएको समयसीमाभित्र निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने सुनिश्चित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *