हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो कम्प्याक्ट सेडान औरा मा नयाँ अपडेट गरेको छ।
यस एसएक्स मोडेलमा प्रोजेक्टर हेडल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियरभ्यू क्यामेरा, इन्जिन स्टार्ट/स्टप बटन, र १५ इन्च डायमण्ड–कट एलोय ह्वील जस्ता विशेषताहरु थपिएका छन्।
इन्जिनको कुरा गर्दा, पेट्रोल मोडेलमा १.२-लिटर इन्जिन प्रयोग भएको छ जसले ६,००० आरपीएममा लगभग ८२ बीएचपी र ४,००० आरपीएममा लगभग ११४ एनएम टर्क उत्पादन गर्छ।
सिएनजिइ मोडलका लागि त्यही इन्जिनले करिव ६८ बीएचपी र ९५.२ एनएम टर्क दिनेछ।
यस अपडेट गरिएको भेरियन्टको मूल्य करिव ८ लाख २३ हजार ८०० भारु राखिएको छ।