यातायात बन्द, यात्रु अलपत्र

जेन–जी आन्दोलन र त्यसपछि लगाइएका निषेधाज्ञा तथा कर्फ्युकै कारण काठमाडौंसहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ।

गोंगबु बसपार्कबाट दैनिक हजारौँ यात्रु बाहिरिने गर्थे, तर हाल यातायात बन्द हुँदा हजारौँ यात्रुहरू बसपार्कमै अलपत्र परेका छन्।

नेपालगन्ज, दाङलगायतका ठाउँबाट काठमाडौं आएका धेरै मानिसहरू न आफ्ना काम पूरा गर्न सके, न त घर फर्किन।

कतिपयसँग पैसा सकिएको छ, कतिपयले चोरीका कारण थप समस्या भोगेका छन्।

पैसा हुनेहरू होटलमा बसिरहेका छन् भने आर्थिक समस्या भएका यात्रुहरू बसपार्कमै रात बिताइरहेका छन्।

यातायात व्यावसायी महासंघले सेनाले सुरक्षाको ग्यारेन्टी गरे यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन र अत्यावश्यक वस्तु ढुवानीमा सहयोग गर्न तयार रहेको जनाएको छ।

दसैँ नजिकिँदै गर्दा यातायात बन्दले थप समस्या सिर्जना गरेको छ।

घटस्थापनादेखि यात्रुको चाप अत्यधिक हुने भए पनि हालसम्म अग्रिम टिकट बुकिङ सुरु गर्नै नसकिएको यातायात व्यवसायीहरूले बताए।

अहिलेको अनिश्चितताले चाडपर्व मनाउन कठिन हुने आशंका बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *