यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका सवारीसाधनको संख्या ५८ लाख ५० हजारभन्दा बढी पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ सम्म यो तथ्याङ्क पुग्दा सवारीसाधनमध्ये सबैभन्दा धेरै ४७ लाख ४४ हजार ७२ मोटरसाइकल रहेका छन्।
देशभर हाल ३ लाख ६६ हजार ७२३ कार/जिप/ट्याक्सी, ७१ हजार ५७७ बस, ४१ हजार ९८६ मिनिबस/ट्रक, ९१ हजार ४८३ पिकअप, १२ हजार ५७५ माइक्रोबस, १ लाख ११ हजार ३५२ टेम्पो, १ लाख ९० हजार ६४ ट्र्याक्टर, र ७३ हजार ६०६ ई–रिक्सा दर्ता छन्।
विभागको विवरणअनुसार २०४६/४७ मा ७६ हजार ३७८ सवारीसाधन दर्ता भएको थियो भने साढे तीन दशकमा उल्लेखनीय वृद्धि भएको छ।
गत वर्ष मात्रै २ लाख ४२ हजार ४४१ नयाँ सवारी दर्ता भएका छन्, जसमा १ लाख ९६ हजार २११ मोटरसाइकल प्रमुख छन्।