व्हील्स अफ सेलिब्रेशन्स आउँदै

सांग्रिला मोटर्सले “Wheels of Celebrations” कार्यक्रम आयोजना गर्न गेट्रिनको उत्तरढोका शोरुममा भदौ १८ देखि २२ गतेसम्म उत्सव सुरु गर्ने भएको छ।

गाडी प्रेमीहरूले लिप मोटर, सिट्रोन, पूजोका नयाँ मोडलहरू टेस्ट ड्राइभ गर्न पाउनेछन् र प्रत्येक ड्राइभमा विशेष उपहार पनि उपलब्ध हुनेछ।

कार्यक्रममा बालबालिकाका लागि किड्स जोन, खेलकुद गतिविधि, साथै आफ्ना पुराना सवारी साटासाट गर्न वा मूल्यांकन गराउन समेत सुविधा रहनेछ।

साथै, कार्यक्रममा गाडी बुकिंग गर्ने ग्राहकहरुलाई निःशुल्क एक रात दुई दिनको सोल्टी वेस्ट एन्ड रिसोर्टमा बस्ने अवसर पनि दिइनेछ।

आयोजकहरूका अनुसार उत्सव ग्राहकप्रतिको आभार व्यक्त गर्ने क्रममा लागि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *