एलएस अटो फेस्टिभ अफर

नेपालका लागि एलएस अटोको आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले दशैं–तिहार लक्षित ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ।

यस अफरमा ग्राहकले न्यूनतम डाउन पेमेन्ट, नगद छुट, उपहार र एक्सचेञ्ज बोनससहित कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी केवल २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने सुविधा दिएको छ।

साथै, गाडी किन्ने ग्राहकले निःशुल्क ५ रात–६ दिनको सिङ्गापुर र मलेसिया भ्रमण, १ लाख नगद छुट, १ लाखको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा र १० किलो क्षमताको वाशिङ मेसिन पाउनेछन्।

एलईभी–०१ गाडीमा ६७.१२ किलोवाट आवर ब्याट्री क्षमता छ र फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिन्छ।

ग्राउन्ड क्लियरन्स २१० मिमि रहेको यो गाडी छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको छ।

कम्पनीले सीमित समयको लागि मात्र उपलब्ध रहेको यो अफरको लाभ लिन इच्छुक ग्राहकलाई नजिकको शोरुममा सम्पर्क गर्न सुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *