नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं लक्षित अफर “चंगा उड्छ फरर, होन्डा कारमा सरर” घोषणा गरेको छ।
यो योजना भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूममा लागू हुनेछ।
यस योजनाअन्तर्गत ग्राहकले होन्डा कार खरिद गर्दा रु. ४ लाखसम्म नगद छुट, ५ वर्षको निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क इन्स्योरेन्स, सडक कर छुट, र पुरानो गाडी साट्दा रु. २५ हजार बोनस पाउने सुविधा पाउनेछन्।
त्यसैगरी, निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको रोडसाइड असिस्टेन्स लगायतका सुविधा पनि उपलब्ध हुनेछन्।
कम्पनीले यो अफरले ग्राहकलाई होन्डा सिटी, सिटी e:HEV, एलिवेट, अमेज, सिटी 5th Gen जस्ता मोडेल खरिद गर्दा उत्कृष्ट अनुभव र विश्वास दिलाउने बताएको छ।
Post Views: 125