नाडा अटो शोमा सेरेसको थ्रि एक्स अफर

यस वर्षको नाडा अटो शोलाई विशेष बनाउन सेरेसले ‘थ्रि एक्स अफर’ ल्याएको छ। यो अफर केवल प्रदर्शनी अवधिभर लागू हुनेछ।

थ्रि एक्स अफरअन्तर्गत ग्राहकलाई ३ वर्षको पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट, र बुकिङ रकम बराबर ३ गुणा लाभ प्राप्त हुने व्यवस्था गरिएको छ। यसमार्फत अधिकतम ६ लाख रुपैयाँसम्म फाइदा लिन सकिनेछ।

अफरका साथ, सेरेसको स्टलमा नयाँ सेरेस ३ ईभी एसयुभी प्रदर्शनमा राखिएको छ।

आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री विशेषतासहित तयार यो गाडी भविष्यको मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ।

सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उचाइमा लोमान्थाङसम्मको कठिन यात्रा सफलतापूर्वक पूरा गरेर नेपालकै पहिलो ईभीका रूपमा इतिहास रचेको छ।

यसले नेपाली भौगोलिक चुनौती सामना गर्न सक्ने क्षमता प्रमाणित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले दर्शकलाई नाडा अटो शो २०२५ मा सेरेसको स्टल भ्रमण गरी अफरको लाभ लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *