Skip to content
यामाहाका एमटी १५ र एफजेड भी ३ बाइक नयाँ रंगमा सार्वजनिक गरिएको छ।
एमटी १५ सेतो र ग्रे रंगमा उपलब्ध छ भने एफजेड भी ३ सेतो रंगमा उपलब्ध छ।
यी दुवै बाइकको मूल्य क्रमशः ५ लाख ५७ हजार ९०० र ४ लाख १२ हजार ९०० रुपैयाँ तोकिएको छ।
यी मूल्यहरू दुई दिनपछि क्रमशः ५ लाख ६९ हजार ९०० र ४ लाख १५ हजार ९०० रुपैयाँ हुनेछन्।
यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले मंगलबार भृकुटीमण्डपमा सुरू भएको नाडा अटो शोमा यी नयाँ रंगका बाइक सार्वजनिक गरेको हो।
यस नयाँ रंगका बाइकहरूले ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
Post Views: 127