टाटा मोटर्सले नाडा अटो शो २०२५ मा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।
सिप्रदी ट्रेडिङमार्फत प्रस्तुत गरिएको यस अफरमा, ग्राहकले टाटाको गाडी किनेसँगै जीवनभरका लागि चार्जिङ शुल्क नतिर्ने सुविधा प्राप्त गर्नेछन्।
यसका अनुसार, ग्राहकले आफूसँग टाटाको गाडी हुँदासम्म चार्जिङ शुल्क तिर्नु नपर्नेछ; कम्पनीले उक्त शुल्क बेहोर्नेछ।
सिप्रदीले नाडा अटो शोमा विभिन्न मोडेलका गाडीहरू प्रदर्शनमा राखेको छ, जसमा सफारी डार्क एडिसन, पन्च इभी, नेक्सन के ३, नेक्सन इभी लङ रेंज, कर्भ इभी र टियागो इभी समावेश छन्।
यस अफरले ग्राहकलाई इभीप्रति आकर्षित गर्ने कम्पनीको विश्वास छ।