सिद्धबाबा सुरुङमार्ग ६०% काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य ६० प्रतिशत नजिक पुगेको छ।

आयोजना कार्यालयका अनुसार सुरुङमार्गको भौतिक प्रगति ५९.७३%वित्तीय प्रगति ५१.१% पुगेको छ।

हालसम्म मुख्य सुरुङको १०८९ मिटर इन्भर्ट र ९९४ मिटर लाइनिङ सकिएको छ भने भित्र करिब २९२ मिटर लाइनिङ कार्य बाँकी छ।

तीन बाइपास सुरुङमध्ये पहिलोको १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ, दोस्रोको १५७.८ मिटर इन्भर्ट र ८.३ मिटर लाइनिङ तथा तेस्रोको १२५ मिटर इन्भर्ट र १०४.२ मिटर लाइनिङ सकिएको छ।

१०.५ मिटर चौडा र ७ मिटर अग्लो सुरुङमार्ग आपतकालीन अवस्थामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको छ।

चीनको स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण कार्य गरिरहेको र यसलाई २०८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *