एक्सपेङ एक्स–९ नेपालमा सार्वजनिक

चिनियाँ ब्रान्ड एक्सपेङ को नयाँ मोडल एक्स–९ नेपाली बजारमा सार्वजनिक भएको छ।

नेपालका लागि एक्सपेङको आधिकारिक वितरक सीजी मोटर्स ले नाडा अटो शो २०२५ मा यस मोडल सार्वजनिक गरेको हो।

कम्पनीले एक्स–९ को मूल्य रु. २ करोड २० लाख तोकेको छ।

८४.५ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्रीले यस एसयूभीलाई एकपटक चार्जमा ५०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्षम बनाउँछ।

यो एमपीभी मा २३५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ।

यसको आकार लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम, उचाइ १७८५ एमएम रहेको छ।

क्याबिनमा रियर प्यासेन्जरका लागि २१.४ इन्च फोल्ड–डाउन थ्रीके डिस्प्ले, प्यानारोमिक सनरुफ र फ्रन्ट सिटब्याक कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन्।

सस्पेन्सनमा अगाडि डबल विसबोन र रियर मल्टिलिङ्क इन्डिपेन्डेन्ड सस्पेन्सन, साथै ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम प्रयोग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *