Skip to content
भृकुटीमण्डपमा मंगलबारबाट सुरु हुन लागेको नाडा अटो शो २०२५ को तयारी अहिले जोरसँग प्रगति भइरहेकाे छ।
हलभित्र प्रायः सबै स्टलहरूको संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ भने, काउन्सेलिङ रुमहरू र प्रिमियम स्टलहरू समेत तयार हुँदैछन्।
बाहिर शान्दार ब्यानरहरू राखिएको छ र हल क्रस गर्न फलामे भर्याङ पनि टाँसिएको छ।
स्पेयर पार्ट्सका स्टलबाट सुरु हुने मार्गयोजना अनुसार, भिजिटरहरूले बाइक र अन्य विशेष स्टलहरूमा सजिलै पुग्ने व्यवस्था मिलाइएको छ।
गार्डेन क्षेत्रको स्टेज र स्पेयर पार्ट्स क्षेत्र पनि सुन्दर र व्यवस्थित देखिएको छ।
आयोजकले भृकुटीमण्डपको सम्पूर्ण क्षेत्रफल उपयोग गरी दर्शक र प्रदर्शक दुबैका लागि सहज र आकर्षक वातावरण बनाउन प्रयास गरिरहेको छ।
Post Views: 375