लीपमोटर बी१० चीनबाट नेपाल आउँदै

नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले लामो समयदेखि प्रतिक्षित लीपमोटर बी१० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको छ।

काठमाडौंमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा भारी मात्रामा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लीपमोटर बी१० को अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउने कम्पनीको तयारी छ।

लीपमोटर बी१० मा १६० किलोवाट पावरफुल रियर-ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा ६०० किमी (सीएलटीसी) र ४६० किमी (डब्लूएलटीपी) सम्मको रेञ्ज प्रदान गर्छ।

यो मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.६ इन्च 2.5के एचडी टचस्क्रिन, ३६०-डिग्री क्यामेरा रेकर्डिङ सुविधासहित, प्रिमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफजस्ता सुविधाहरू प्रदान गर्ने कम्पनीको भनाइ छ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले लीपमोटर बी१० ले पालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामी विश्वस्त छौँ कि यसले हाम्रा ग्राहकहरूको ड्राइभिङ अनुभव पुनःपरिभाषित गर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *