महिन्द्राको ब्याटम्यान एडिसन लन्च

भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी बीई.६ को सीमित संस्करण “ब्याटम्यान एडिसन” लन्च गरेको छ।

वार्नर ब्रदर्ससँगको सहकार्यमा बनेको यो विशेष संस्करण क्रिस्टोफर नोलनको ‘द डार्क नाइट ट्रिलोजी’ बाट प्रेरित छ र यसको केवल ३०० युनिट भारतमा बिक्री हुनेछन्

यसको मूल्य भारु ₹२७.७९ लाख (एक्स-शोरुम) तोकिएको छ।

डिजाइन र विशेषता:

  • यो विशेष एडिसनको मुख्य विशेषता यसको एक्सक्लुसिभ स्याटिन ब्ल्याक कलर हो, जसमा ढोकाहरूमा कस्टम ब्याटम्यान डिकल लगाइएको छ।

  • यसमा २०-इन्चको एलोय ह्विल र एल्कमी गोल्ड कलरका सस्पेन्सन पार्ट्स र ब्रेक क्यालिपरहरू छन्।

  • भित्री भागमा ब्रश्ड एल्कमी गोल्डमा ब्याटम्यान एडिसन प्लाक, सुनौलो स्टिचिङसहितको चारकोल र सुएड लेदरको अपहोल्स्टेरी प्रयोग गरिएको छ।

  • स्टेयरिङ ह्विल, इन्फोटेन्मेन्ट कन्ट्रोलर र इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायतका ठाउँमा सुनौलो टच दिइएको छ।

बुकिङ र डेलिभरी:

यो गाडीको बुकिङ अगस्ट २३, २०२५ देखि सुरु हुनेछ र अन्तर्राष्ट्रिय ब्याटम्यान दिवसको अवसरमा सेप्टेम्बर २० देखि डेलिभरी सुरु हुनेछ

यसको भारतीय एक्स-शोरुम मूल्य भारु ₹२७.७९ लाख लाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो करिब रु. ४४.४६ लाख हुन आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *