चीनको चाङ्गन डिपल ब्रान्डको नयाँ एसयूभी डिपल S05 नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले भदौ २९ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चीनका राजदूत छान सोङ र कम्पनीका अध्यक्ष विष्णु अग्रवालको उपस्थितिमा गाडी सार्वजनिक गरियो।
डिपल S05 दुई भेरियन्टमा उपलब्ध छ।
लाइट भेरियन्टको न्यूनतम मूल्य रु ४८.९९ लाख र MRP रु ४९.९९ लाख तोकिएको छ भने म्याक्स भेरियन्टको न्यूनतम मूल्य रु ५४.९९ लाख र MRP रु ५६.९९ लाख छ।
यसमा ५६.१२ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP मापदण्डअनुसार ४७० किलोमिटरको रेंज दिन्छ।
९९ kW क्षमताको मोटरले ३२० Nm टर्क उत्पादन गर्छ।
हुवावे Xboxel हेडलाइटमा १३ लाख पिक्सेलको रिजोलुसन र १२० इन्चसम्म प्रोजेक्शन क्षमतासहितको प्रविधि प्रयोग गरिएको छ।
इन्फोटेनमेन्ट प्रणालीमा १५.४ इन्चको टचस्क्रिन, डिपल OS ३.०, Qualcomm Snapdragon SA ८१५५P चिप र AR-HUD सुविधा छ।
बेस भेरियन्टमा ८ स्पीकर र टप भेरियन्टमा १४ स्पीकर रहेको छ। डिजाइनमा फ्रेमलेस ढोका र १.९ वर्गमिटर प्यानोरामिक ग्लास रूफ दिइएको छ।
सुरक्षा सुविधामा लेन-कीप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, कोलिजन मिटिगेसन, रिमोट पार्किङजस्ता आधुनिक ADAS प्रविधिहरू समावेश छन्।
डिपल S05 आउँदो नाडा अटो शो २०२५ मा पनि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।