परिमिता इन्भेष्टमेन्ट प्रालिले नाडा अटो शोको अवसरमा केही दिनको लागी मात्र पहिलो पटक S Way भेलक्समा ५० हजार छुटको, विशेष अफर दिएको जानकारी दिनुभयो ।
नेपालमा परिमिता इन्भेष्टमेन्ट प्रालिले निकैं सस्तो इभी स्कुटरहरु आयात गरी धेरै बिक्री वितरण गर्ने र देशैभर डिलरहरु भएको कम्पनीले १५० किमी. रेन्ज दिने ठुलो पांग्रा भएको नयाँ लुक्समा S Way Velax चाडैं नैं ल्याउने कम्पनीका संचालक पुरुषोत्तम तुलाधरले जानकारी दिनुभयो ।

अहिलेको प्रचलित ग्राफिन ब्याट्रीहरु ६ वटा प्रयोग भएको, चिटिक्क परेको एसवेको नयाँ मोडेल, हेर्दा निकैं आकर्षक देखिने, यो स्कुटर होचा व्यक्तिहरुले पनि सजिलैं चलाउन सक्दछन् ।
एकपटक ब्याट्री फुल चार्ज गरेपछि १० किलोमिटरको माइलेज दिने यो स्कुटरमा पनि ब्याट्री रिजेनेरेसन सिस्टम छ, ब्याट्रीको सबै पिस एकैचोटि बिग्रिँदैन ।

कम्पनीले स्तरीय मोटरको प्रयोग गरेकाले हरेक मोटरमा दुई वर्षको न्यूनतम वारेन्टी दिएको हो । तथापि मोटर निकै लामो समयसम्म चल्छ ।
भेलक्समा ३,२००W मोटर र १७२ N·m टर्क रहेको छ जसले ६२ किमी/घण्टा सम्मको उच्चतम गति प्रदान गर्छ।
३०Ah / ७२V LFP (Lithium Iron Phosphate) ब्याट्रीले सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र सुनिश्चित गर्छ ।
भेलक्सका विशेषताहरूमा सजिलो पार्किङका लागि रिभर्स मोड, लामो यात्राका लागि क्रूज कन्ट्रोल, फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS, र १७० मिमी ग्राउन्ड क्लिरेन्स समावेश छन् ।

