सरकारले इन्धन चल्ने सवारीसाधनहरूलाई विद्युतीय बनाउने प्रक्रियामा सुरक्षा एवं अन्य आवश्यक पक्ष समेटेर मापदण्ड तयार गर्ने तयारी भइरहेको छ।
अबसम्म नेपालमा ‘कन्भर्जन’ अर्थात् इन्धन सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने कार्यका लागि कुनै निश्चित मापदण्ड थिएन, जसले सुरक्षा जोखिम बढाएको थियो।
विश्व बैंकले तयार पारेको अध्ययन प्रतिवेदनलाई आधार बनाएर मापदण्ड बनाउन सरकारको प्रयास सुरू भएको हो।
प्रतिवेदनअनुसार, ब्याट्री र मोटरको सुरक्षा, किटहरूको गुणस्तर, आयात किटहरूको परीक्षण, र रुपान्तरण पछि सवारीहरूको दर्ता, कर तथा सर्विस व्यवस्थाका बारेमा व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।