अर्ध-सलिड स्टेट ब्याट्रीयुक्त पहिलो इभी लन्चको तयारीमा

चीनमा सेमी-सलिड स्टेट ब्याट्री प्रयोग भएको पहिलो मास्स-प्रोड्युस्ड इलेक्ट्रिक गाडी (ईभी) एमजी४ को बिक्रीका लागि अनुमति दिइएको छ।

यो गाडी चाइनाको मिनिस्ट्री अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजी (एमआईआईटी) बाट क्लियर भएको हो, जसलाई एसएआईसी मोटर (SAIC Motor) ले उत्पादन गरेको छ।

यो नयाँ एमजी४ मोडलमा म्याङ्गनिजमा आधारित लिथियम-आयन ब्याट्री प्रयोग गरिएको छ, जसले अन्य मोडलमा रहेको लिथियम आइरन फस्फेट (LFP) ब्याट्रीलाई प्रतिस्थापन गरेको छ।

यो नयाँ ब्याट्री सुझोउ क्विङटाओ पावर टेक्नोलोजी कम्पनी (Suzhou Qingtao Power Technology Co.) ले निर्माण गरेको हो, जुन सोलिड-स्टेट लि-आयन ईभी ब्याट्रीको क्षेत्रमा विश्वभर अग्रणी छ।

यो नयाँ मोडलको मूल्य, रेन्ज र ब्याट्री क्षमतासम्बन्धी विवरणहरू लन्चको नजिकै सार्वजनिक हुनेछन्।

कम्पनीका अनुसार, यसको डेलिभरी २०२५ को अन्त्यसम्ममा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *