सनलङका २ इलेक्ट्रिक भ्यान

यही साउन २१ गतेदेखि काठमाडौंमा सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ कमर्सियल भेहिकल ब्रान्ड सनलङ का दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन्।

वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले १२ सिटे यू वान र १३ सिटे यू टु नामक माइक्रोभ्यान लन्च गर्ने भएको हो।

यी दुबै इलेक्ट्रिक भ्यानमा क्रमशः ४६.३६ केडब्लुएच (यू वान) र ५०.२३ केडब्लुएच (यू टु) क्षमताको ब्याट्री प्याक राखिएको छ।

८० केडब्लुएचको मोटरयुक्त यी भ्यानहरूको दाबी गरिएको रेन्ज क्रमशः ३२५ किमी (यू वान) र ३५० किमी (यू टु) रहेको छ।

१५ इन्च ह्वील, १८० मिमि ग्राउण्ड क्लियरेन्स, एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ पोर्ट, एसी, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स क्यामेरा, रिभर्स सेन्सर, फ्रन्ट पावर विन्डो लगायतका फिचर समावेश छन्।

सुरक्षाका लागि ABS, EBD, EPS, ESC, ब्रेक असिस्ट, फ्रन्ट डिस्क र रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ जस्ता सुरक्षा फिचर उपलब्ध छन्।

कम्पनीले ३.३ केडब्लुएच पोर्टेबल र ६.६ केडब्लुएच वाल माउन्टेड चार्जर पनि भ्यानसँगै उपलब्ध गराउने जनाएको छ।

मूल्य:

  • १२ सिटे यू वानरु ४७,४७,०००

  • १३ सिटे यू टुरु ५१,५१,०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *