एथर रिज्ता स्कुटर नेपालमा, मूल्य ₹३.८३ लाख

भारतीय दुई पाङ्ग्रे इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता नेपालमा भित्रिएको छ

यसको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएको छ।

एथरको रिज्ता जेड एमएक्स०८ मोडललाई नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रा. लि.ले नेपाली बजारमा ल्याएको हो।

यो स्कुटर गत वर्ष बैंग्लोरमा एथर कम्युनिटी डे २०२४ मा सार्वजनिक गरिएको थियो र भारतमा लन्च भएको एक वर्षपछि नेपालमा आएको हो।

रिज्ता स्कुटरमा ३.३ किलोवाट क्षमताको रेटेड मोटर पावर र ३.७ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसले फूल चार्जमा १६० किलोमिटरको रेन्ज दिन्छ।

यसमा ५६ लिटरको विशाल बुट स्पेसट्रयाक्सन कन्ट्रोलको सुविधा पनि छ, जसले गर्दा यो ओला र टीभीएसको आईक्युव स्कुटरभन्दा प्रतिस्पर्धामा अगाडि देखिन्छ।

यसमा जिप र स्मार्ट इको ड्राइभिङ मोडहरू छन्, जसले क्रमशः राम्रो पर्फर्मेन्स र ड्राइभिङ रेन्ज प्रदान गर्छन्।

साथै, यसमा रिभर्स, हिल-होल्ड र म्याजिक ट्विस्ट जस्ता सुविधाहरू पनि समावेश छन् र यो ७ वटा विभिन्न रंगमा उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *