निन्दा नदीमा झोलुङ्‍गे पुल निर्माण

झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित निन्दा नदीमा ४ करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्‍गे पुल निर्माण भएको छ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ।

पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ।

उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी-हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *