गोरखाको ग्रामीण सडक मनसुन अवधिभर राति बन्द हुने

गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

समन्वय समितिको आइतबारको बैठकपछि जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको जानकारी दिएको हो ।

ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिएका छन् ।

साथै बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *