कास्की-स्याङ्जा सिद्धार्थ राजमार्ग राति बन्द

कास्कीबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दूरीका सवारी साधनहरु आज साँझ ४ बजेपछि बन्द भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि कास्कीबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दूरीका सवारी साधनहरु ४ बजेपछि र छोटो दूरीका सवारी साधनहरु साँझ ५ बजेपछि प्रस्थान विन्दु (कास्की जिल्लाको छोरेपाटन) बाट गन्तव्य स्थानका लागि सञ्चालन नहुने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले मौसम पूर्वानुमान बमोजिम अझै केही समय गण्डकी प्रदेशका विभिन्न स्थानहरुमा भारी तथा मध्यम वर्षा हुनसक्ने अनुमान रहेकोले सुरक्षा सतर्कता अपनाई मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि यस्तो निर्णय गरेको जानकारी दिएको छ ।

यो रोक कहिलेसम्म भन्ने बारे जिल्ला प्रशासन कार्यालय, कास्की जानकारी दिएको छैन ।

साथै अत्यावश्यक बाहेकका सवारी साधनहरु सञ्चालन गर्नुपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नु गराउन प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *