याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै

नेपालको विद्युतीय सवारी साधन बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यसहित याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नाइमा अटो शो २०२५ मा बहुप्रतीक्षित भेलक्स सिरिज सार्वजनिक गर्ने भएको छ।

तीन फरक विशेषता र प्रयोगकर्ता समूहलाई लक्षित गर्दै ल्याइएका VELAX Fast Charging, VELAX U: Ultra Performance, र VELAX H: High Performance मोडेलहरू पहिलो पटक यही शोमा सार्वजनिक गरिनेछ।

ब्यस्त शहरी जीवनशैली अपनाउने प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो स्कुटरले ७६V ३०Ah LFP ब्याट्री सहित ११० किमी रेञ्ज प्रदान गर्छ ।

मुख्य विशेषता भनेको – २० मिनेटमै ८०% चार्ज हुने क्षमता, जुन डेलिभरी सेवा, अफिस यात्रु र समयको महत्त्व बुझ्ने प्रयोगकर्ताका लागि आदर्श विकल्प हो ।

यसमा रहेको ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क ले द्रुत र भरपर्दो अनुभव सुनिश्चित गर्छ ।

स्कुटरमा पनि उच्च प्रदर्शन खोज्ने उत्साहीहरूका लागि ल्याइएको YADEA को यो प्रमुख मोडेलमा डुअल ७४V २०Ah ब्याट्री प्रणाली प्रयोग गरिएको छ, जसले १४० किमी सम्म रेञ्ज दिन्छ ।

४९००W पावरफुल मोटर, ८० किमी/घण्टा गति, र १७६ N·m टर्क सहित VELAX U ले इलेक्ट्रिक स्कुटरको परम्परागत परिभाषालाई नै चुनौती दिन्छ।

दैनिक यात्रुका लागि सहज, भरपर्दो र किफायती मूल्यमा उपलब्ध YADEA VELAX H मा ७२V ३०Ah ब्याट्री दिइएको छ, जसले १०० किमी रेञ्ज सुनिश्चित गर्छ ।

३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क सहित, यो मोडेल ‘High Performance’ को सस्तो र भरपर्दो समाधान हो ।

YADEA को यो नयाँ VELAX सिरिजले नेपाली इलेक्ट्रिक मोबिलिटी बजारमा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शन, द्रुत चार्जिङ्ग, र बजेटमैत्री विकल्पहरू एकै सिरिजमा उपलब्ध गराएर YADEA ले ग्राहकलाई स्मार्ट र वातावरणमैत्री यात्रा अनुभव प्रदान गर्न खोजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *