XPENG – भविष्यतर्फको विद्युतीय यात्रा

चीनको प्रमुख स्मार्ट इलेक्ट्रिक सवारी निर्माता XPENG ले जुलाई ११, २०२५ सम्ममा ८ लाखभन्दा बढी गाडी बिक्री गरी ठूलो उपलब्धि हासिल गरेको छ।

यो सफलता XPENG ले नेपालमा बनाएको भरोसा र विश्वसनीयता सँग मेल खान्छ। XPENG का गाडीहरू उन्नत प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनका लागि चर्चित छन्।

२०२५ को जुन महिनामा मात्र XPENG ले ३४,६११ गाडी बिक्री गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा २२४% वृद्धि हो।

G6, G9 र G7 जस्ता मोडलले विश्वभर लोकप्रियता बढाइरहेका छन्।

G7 SUV ले ७०२ किलोमिटर रेंज र उत्कृष्ट डिजाइनका कारण ९ मिनेटमै १०,००० अर्डर पाएको थियो।

XPENG ले २०२५ को पहिलो छ महिनामै १,९७,००० युनिट गाडी बिक्री गर्दै अघिल्लो वर्षको रेकर्ड पार गरिसकेको छ।

नेपालमा XPENG ले स्थानीय सेवा, स्पेयर पार्ट्स र बलियो ग्राहक सहयोग प्रणाली निर्माण गरिरहेको छ।

कम्पनीले नेपाली ग्राहकलाई दिगो र स्मार्ट सवारी अनुभव दिन प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *