नेपालमा ईभी कारखाना आवश्यक

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमै विद्युतीय सवारीसाधन (ईभी) कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवाको उद्घाटनमा बोल्दै सचिव शर्माले स्थानीय रूपमै ईभी उत्पादनले गाडीको मूल्य घटाउने र स्पेयर पार्टपुर्जाको उपलब्धता सहज बनाउने बताए।

उनले विद्युतीय यातायात नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, यसले हाल इन्धन आयातमा खर्च भइरहेको अर्बौं रुपैयाँ बचत गर्ने र बिजुलीको कुशल प्रयोगलाई बढावा दिने बताए।

शर्माले काठमाडौं जस्ता शहरमा पार्किङ समस्याका कारण साना सवारीसाधनको सट्टा ठूला, वातावरणमैत्री बसहरू प्रयोग गर्नुपर्नेमा पनि जोड दिए।

उनले सार्वजनिक यातायातमा निजी क्षेत्रको प्रभावकारी लगानीको प्रशंसा गर्दै, सरकारले यस क्षेत्रमा उल्लेखनीय लगानी गर्न नसकेको स्वीकार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *