कान्ति लोकपथ अवरुद्ध

मकवानपुरको भीमफेदी–८, भर्‍यातङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गएराति भीमफेदीको भर्‍यातङडाँडास्थित कान्ति लोकपथ सडकखण्डमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेकाले हालका लागि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *