Skip to content
जुनयाओ (Junyao) ब्रान्डको जेवाई एयर (JY Air) सेडान विद्युतीय गाडीको आधिकारिक मूल्य नेपाली बजारका लागि तोकिएको छ।
नेपालका लागि जुनयाओ ब्रान्डको आधिकारिक वितरक एलआरआर समूहले यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो।
कम्पनीले परीक्षणका लागि गाडी नेपाल ल्याइसकेको छ र चाँडै नै बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ।
जुनयाओ जेवाई एयरमा ९९ किलोवाटको मोटर र ६४.१ किलोवाट घण्टाको ब्याट्री प्याक जडान गरिएको छ।
यस गाडीको लम्बाई ४५५० एमएम, चौडाई १८६० एमएम र उचाई १५१५ एमएम रहेको छ।
चार्जिंगको सन्दर्भमा, डीसी फास्ट चार्जर प्रयोग गर्दा यो गाडी ३०% बाट ८०% सम्म ३० मिनेटमा चार्ज हुन सक्छ।
यस्तै, एसी चार्जरबाट १०% बाट १००% सम्म चार्ज गर्न ५.३ घण्टा लाग्छ।
Post Views: 357