रसुवा बाढीमा फसेका ३५ गाडी स्थानान्तरण

रसुवा बाढीमा फसेका ३५ युनिट गाडी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार टिमुरे यार्डमा फसेका ११ युनिट विद्युतीय गाडी (ईभी) निकालेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

मालवाहक ट्रक/कन्टेनर २२ वटा निकालिएको छ । जसमध्ये एउटा खाली थियो ।

हेभी इक्विपमेन्टतर्फ २ वटा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । अघिल्लो साता आएको बाढीले रसुवा भन्सारमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

कार्यालयका अनुसार अहिलेसम्म ९ सय ३० जनालाई पैदलमार्ग मार्फत उद्धार गरिएको छ ।

आपतकालीन तथा जोखिमयुक्त क्षेत्रमा फसेका ५५ जनाको भने सुरक्षा फौजले तत्काल उद्धार गरेका थिए ।

यस अवधिमा विभिन्न निजी हेलिकप्टरका ४४ उद्धार उडान भएका छन् ।

जसले ४६ स्वदेशी र १ सय ३१ विदेशी गरी कूल १ सय ७७ जनाको उद्धार गरेको कार्यालयको तथ्यांक छ । यसरी कुल १ हजार १ सय ६२ जनाको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *