सुडा पुल समय अगावै सम्पन्न

गत वर्ष र बाढीले भत्काएको कञ्चनपुर सुडाको पुल पुनर्निर्माण सम्पन्न भएको छ ।

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका–७ सुडा खोलाको पुल ठेक्का समय अवागै निर्माण सम्पन्न भएको हो ।

जिल्लाभरी बाढीले भत्काएका पुल, तटबन्ध, सडक, नहरसहितका अन्य संरचना अहिलेसम्म पुनर्निर्माण भएका छैनन्, तर सुडा पुल समयमै निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले गत वर्ष मंसिरमा बक्स कल्र्भट (पुल) निर्माणका लागि ठेक्का आह्वान गरेको थियो ।

२०८१ मंसिर १३ गते असार मसान्तभित्रै सम्पन्न गर्ने गरी एक करोड ५२ लाख लागतमा महरा न्यू जोशी जेभी कम्पनीसग निर्माण सम्झौता भएको थियो । १४ मिटर लम्बाई, तटबन्ध, कालोपत्रे, रेलिङसहितको पुल निर्माण कम्पनीले समय अवागै सम्पन्न गरेको छ ।

मंसिर दोस्रो सातादेखि सुरु गरेको काम असार दोस्रो साता सम्पन्न गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी उक्त पुल निर्माण स्थलका इन्चार्जसमेत रहेका सडक डिभिजन कार्यालय महेन्द्रनगरका सवईन्जिनियर भोजराज रानाले पुल समय अगावै निर्माण सम्पन्न भएको बताए ।

‘पुल निर्माण कार्यालयले दिएको मापदण्ड अनुरुप गुणस्तर बलियो निर्माण भएको छ’ उनले भने, ‘खोलाको उच्च पानीको बेग, परिमाण थेक्न सक्ने स्तरको पुल निर्माण गरिएको छ ।’

महरा न्यू जोशी जेभीका सञ्चालक भीमराज जोशीले कार्यालयसँग सम्झौता गरेको मापदण्ड अनुरुप पुल निर्माण गरेको बताए ।

‘जिल्ला मुकाम जोड्नेदेखि मुकामदेखि देशभरका जिल्ला जोड्ने पुल राजमार्गमा चुनौतीकाबीच पनि हामीले समयै अवागै निर्माण सम्पन्न गरेका छौं ।’

सम्झौता अवागै पुल निर्माण भएपछि स्थानीयदेखि यात्रु, मालबहाक सवारी साधनलाई सहज भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण भएको वर्षौंपछि सुडामा पुल भत्किएकाले स्थानीयसहित यात्रुलाई जोखिम मात्रै जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *