नेपाल अटोमोबाइल्स एसोसिएसनको केन्द्रीय सल्लाहकार समिति (एड्भाइजरी बोर्ड) को पहिलो बैठक संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा आज मिति २०७९ असार २७ गते होटल रोयल टुलिप, ग्वार्कोमा सम्पन्न भयो।
बैठकमा एड्भाइजरी बोर्ड सदस्यहरू डा. धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुर प्रसाद न्यौपाने, रितु भट्ट, अच्युत गुरागाई, शिवहरि सापकोटा, र नासा फाउण्डेशन नेपालका संयोजक कृष्णसिंह बस्नेतको उपस्थिति रहेको थियो।
साथै संघका उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा संघले चालु आर्थिक वर्षमा सम्पन्न गरेका स्पोर्ट्स इभेन्ट, सेफर मोबिलिटी तथा टुरिजम कार्यक्रम, मार्शल/एथलेट्स तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता सम्बन्धी रिपोर्ट प्रस्तुत गरी पारित गरियो।
त्यस्तै, आगामी योजनाका लागि सुझाव संकलन गरिएको थियो।
संघको कार्यविभाजनसम्बन्धी संशोधित प्रस्ताव, कार्यसमितिको उपलब्धि र कमजोरीहरूबारे छलफल गर्दै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
निकट भविष्यमा सुरु गरिने मोटरिङ एकेडेमी, पर्यटकीय परियोजना र “पोलिसी डायलग फर अटोमोबाइल एण्ड बेटर मोबिलिटी” शीर्षकको सम्मेलनबारे पनि विशेष छलफल भएको बैठकले जानकारी दिएको छ।
बैठकमा पारित प्रस्ताव तथा सुझावहरू संघको एघारौँ साधारण सभाबाट अनुमोदन गरी चाँडै कार्यान्वयन गरिने संघले जनाएको छ।