हिमताल फुट्दा बाढीले गर्यो विनाश

रसुवास्थित ल्हेन्दे खोलामा सुप्राग्लेसियर ताल फुट्दा आएको बाढीले १९ जना बेपत्ता, ७ जनाको मृत्यु, मितेरी पुल बगाउनुका साथै ३० मेगावाटको जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

१०० भन्दा बढी इलेक्ट्रिक सवारी बगाएको र चीनसँगको व्यापारसमेत रोकिएको छ।

बाढीको कारण तापक्रम वृद्धिबाट हिमताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष जल तथा मौसम विभाग र इसिमोडले दिएका छन्।

यस्ता हिमताल भविष्यमा झनै खतरनाक बन्न सक्ने भन्दै ४७ हिमताल उच्च जोखिममा रहेको रिपोर्ट आएको छ।

नेपालले हिमताल जोखिम न्यूनीकरणका लागि ५ अर्ब रुपैयाँ बराबरको परियोजना स्वीकृत गराइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *