टिभिएस जुपिटर स्कुटर नेपालमा

टिभिएस ब्रान्डको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा भर्खरै सार्वजनिक भएको छ।

टिभिएस ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो स्कुटर सोमबार नेपाली बजारमा ल्याएको हो।

नयाँ जुपिटर स्कुटरमा ११३ सीसी क्षमताको इन्जिन राखिएको छ, जसमा सिंगल सिलिन्डर, फोर स्ट्रोक र टू भल्भ रहेको छ।

यस इन्जिनले ८ हर्स पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ, जसले गर्दा यसको प्रदर्शन राम्रो मानिएको छ।

कम्पनीले यो स्कुटरमा १५ वटा ‘फर्स्ट इन क्लास’ र १४ वटा ‘बेस इन क्लास’ विशेषताहरू उपलब्ध रहेको जनाएको छ।

यसका मुख्य विशेषताहरूमध्ये दुईवटा हाफ हेलमेट सजिलै अट्ने ठूलो स्टोरेज, टर्न सिग्नल ल्याप रिसेट गर्ने सुविधा, आपत्कालीन ब्रेक अलर्ट सिस्टम र एडभान्स्ड स्टप-गो प्रविधि सामेल छन्।

एडभान्स्ड स्टप-गो प्रविधिका कारण यस स्कुटरले १० प्रतिशत राम्रो माइलेज दिने कम्पनीको दाबी छ।

जगदम्बा मोटर्सले जुपिटर स्कुटरको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *