रसुवाको बाढीले अटो आयात प्रभावित

रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोले जनजीवनमा गहिरो प्रभाव पारेको छ भने अटोमोबाइल आयात प्रणालीमा पनि ठुलो असर पुगेको छ।

यस बाढीले रसुवागढी नाकास्थित सुक्खा बन्दरगाह र पुल समेत भत्काएको छ, जसका कारण केरुङ नाकाबाट नेपाल भित्रिने ६०% भन्दा बढी सवारीसाधनको आपूर्ति रोकिएको छ।

चाडपर्व नजिकिँदै गर्दा चीनको भन्सारबाट क्लियर भएर आएका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्।

NAIMA (Nepal Automobile Importers and Manufacturers Association) ले पीडितप्रति गहिरो समवेदना प्रकट गर्दै राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा सरकारलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ।

साथै, तत्काल आवश्यक परेमा NAIMA बाट समन्वय गर्न सकिने जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *