बेलिब्रिजको उद्‍घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडाेरअन्तर्गत चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका छन्।

बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा गएर टुंगिने सडकमा बेलिब्रिज बनेसँगै अब बाह्रै महिना सञ्चालन हुन सक्ने छ।

४ सय १० किलोमिटर उक्त सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ।

हुम्लाको चुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै हुम्ला सदरमुकाम हुँदै हिल्सासँग बाह्रै महिना सडकको पहुँच पुगेको कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) योजना कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *