Skip to content
चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’को नयाँ अल ह्वील ड्राइभ संस्करण तयार पारेको छ।

एलईभी-एक्स नाम दिइएको यस मोडललाई कम्पनीले नेपालमा चाँडै बजारमा ल्याउने तयारी गरेको छ।
नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरका अनुसार, एलईभी-एक्स आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा औपचारिक रूपमा लन्च हुनेछ।

यो नयाँ मोडल एलईभी-०१ कै बडीमा आधारित भए पनि भित्री फिचरहरूमा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ।
एलईभी-एक्समा अगाडि र पछाडि गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ।
यसमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जुन पुरानो मोडलभन्दा १० किलोवाट आवर बढी हो।
यसको इन्टेरियरमा पनि अपडेट गरिएको छ, जस्तै एसी भेन्ट र आधुनिक डिजाइन।

२१० एमएम ग्राउन्ड क्लियरेन्स र अल ह्वील ड्राइभ सुविधा भएकोले अफरोडमा पनि सहज रूपमा चलाउन सकिने कम्पनीको दाबी छ।
नेक्सन भेन्चरले उक्त शोमा अर्को नयाँ मोडल एलईभी-०५ पनि लन्च गर्ने योजना बनाएको छ, जसले बीवाइडी डल्फिन र नामी-०१ सँग प्रतिस्पर्धा गर्नेछ।
Post Views: 394