देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पर्सा, वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित सडकमा मधेस प्रदेश २-०२-००१ ज ०६८१ नम्बरको ईभी गाडी र प्रदेश २-०३-०१४ प ०६७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१६ नगवा बस्ने २० वर्षीय विक्रम साह तुरहा र २० वर्षीय निरञ्ज रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्सा, वीरगन्ज महानगरपालिका-२८ भेडा खोलास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका-२८ बस्ने २० वर्षीय गोलु भन्ने शिवु पटेल र १९ वर्षीय आकाश पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-२२ टाउनस्थित सडकममा हाल नम्बर नखुलेको हाइसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय गंगाधर पौडेलको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार हाइस र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
काभ्रे, पाँचखाल नगरपालिका-४ फेदीस्थित सडकमा फेदीबाट पाँचखालतर्फ आउँदै गरेको बा.३ क १६६४ नम्बरको बसबाट खसेर सोही नगरपालिका-१२ बस्ने १९ वर्षीय रिजन दनुवारको मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
साथै बसबाट खसेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ कम्पनी टोलमा क्याम्पस चोकबाट जुगेडातर्फ जाँदै गरेको सु.प.प्र.०१-००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने ४० वर्षीय रवीन्द्र सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-४ हरैयास्थित सडकमा जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म.प्र.०२-००५ प ८७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ दिगम्बरपुर बस्ने ३० वर्षीय रामरतन महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।