Skip to content
नेपाल सरकारले सवारीसाधन विक्रेताहरूसँग १० वर्षसम्मका लागि स्पेयर पार्ट्स उपलब्ध गराउन अनिवार्य गर्ने नयाँ प्रस्ताव तयार गरेको छ।
यसका अनुसार, विक्रेताले बिक्री गरेका सवारीका लागि आवश्यक स्पेयर पार्ट्स र मर्मतका सामग्रीहरू १० वर्षसम्मको लागि उपलब्ध गराउनुपर्नेछ।
यदि निर्माता कम्पनीले कुनै मोडलको उत्पादन बन्द गर्ने निर्णय गर्छ भने, त्यसको कारणसहित विभाग र आधिकारिक बिक्रेतालाई पूर्वजानकारी दिनुपर्नेछ।
सवारीको मर्मतमा ढिलाइ गर्दा ग्राहकलाई भएको क्षतिको क्षतिपूर्ति विक्रेताले गर्नुपर्नेछ।
यसका साथै, सवारी बिक्री गर्दा मर्मत खर्च र स्पेयर पार्ट्सको मूल्य ग्राहकलाई स्पष्ट रूपमा जानकारी गराउनुपर्नेछ।
विभागले एक वर्षभन्दा पुराना सवारी आयातमा रोक लगाउने मापदण्ड पनि तयार गरेको छ।
यसका अनुसार, उत्पादन मितिले एक वर्षभन्दा पुराना सवारी नेपालमा बिक्रीका लागि अनुमति दिइने छैन।
Post Views: 631