सुरुङ मार्गको काम सुरु भएपछि बजेटमा बेवास्ता

प्रदेश सरकारले सिद्धबाबामा सुरुङ मार्गको काम अघि बढाएपछि झुम्सा-चरंगे सडकलाई बजेटमा बेवास्ता गर्न थालिएको छ ।

यातायात पूर्वाधार निर्देशनालय, रूपन्देहीका अनुसार निर्माण सुरु भएको ६ वर्षमा प्रदेश सरकारले २० किलोमिटर सडकमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

तर आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्षमा पनि डेढ करोड मात्र बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय रूपन्देहीका इन्जिनियर कृष्ण पण्डितले बताए ।

‘सुरुङ मार्गको काम सुरु नहुँदासम्म अलि धेरै बजेट आउँथ्यो, ३ वर्षयता बजेट निरन्तर घट्दै गएको छ,’ पण्डितले भने, ‘अघिल्लो आर्थिक वर्षमा त पहिरोले भत्काइदिन्छ भनेर कामै भएन, आगामी वर्षको बजेटमा पनि त्यही हाराहारीमा छ भन्ने सुनेको छु, रातो किताब हेर्न पाएको छैन ।’

पण्डितका अनुसार झुम्सा-चरंगे सडकलाई कालोपत्रे गरेर बाह्रै महिना गाडी चल्ने बनाउने अझै ३० करोड बढी बजेट आवश्यक छ ।

अहिलेकै हिसाबले वर्षमा डेढ करोड बजेट दिने हो भने अझै १५ वर्षमा पनि सडक पूरा नहुने उनले बताए ।

पाल्पा र रुपन्देही जोड्ने सडक भएकाले झुम्सा-चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय पाल्पा र चौकी भन्ज्याङ-धागो कारखानाको साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *