६ वर्षसम्म अलपत्र झुम्सा–चरंगे सडक

लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सिद्धबाबा खण्डमा पहिरोका कारण भइरहने सडक अवरोध र मानवीय क्षति रोक्ने विकल्पका रूपमा झुम्सा-चरंगे सडक निर्माण अघि बढाएको थियो ।

२०७५ सालमा १० करोड रुपैयाँ विनियोजन गरेर पाल्पाको झुम्साबाट रूपन्देहीको चरंगे हुँदै बुटवल धागो कारखानासम्म २० किलोमिटर सडक प्रदेशको ‘गौरवको आयोजना’ का रूपमा अघि बढाइएको थियो ।

तर, ५ वर्षमा पूरा गर्ने भनिएको यो सडक ६ वर्ष हुन लाग्दा पनि अधुरै छ ।

चुरे पहाड क्षेत्रमा पर्ने मुडाबास-चौकीभन्ज्याङ खण्डको ५ किलोमिटर खण्डको काम अलपत्र छ ।

पाल्पातर्फ तिनाउ गाउँपालिका-३, झुम्साबाट चौकी भन्ज्याङसम्म साढे ७ किलोमिटर र रूपन्देहीतर्फ बुटवल धागो कारखानाबाट देवदह नगरपालिका- १० चरंगेसम्म सडक निर्माणाधीन छ ।

उक्त १५ किलोमिटर खण्ड मर्मतसम्भार गर्दै र केही फराकिलो बनाइएको छ ।

अन्त्यन्त अप्ठ्यारो मानिने चुरेको जंगल क्षेत्र रहेको चौकी भन्ज्याङबाट मुढाबास चरङगेसम्म ५ किलोमिटरमा ट्र्याक मात्र खोलिएको छ ।

तर उक्त ट्र्याक हरेक वर्ष वर्षायाममा आउने लेदोसहितको पहिरोले भत्काउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *