इभी ब्याट्रीमा न्यूनतम मापदण्ड अनिवार्य

सरकारले विद्युतीय सवारी (इभी) का लागि ब्याट्री र मोटरसँग सम्बन्धित न्यूनतम मापदण्ड अनिवार्य गर्ने तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘इभी मापदण्ड निर्देशिका’ तयार पारेको छ, जसअनुसार अब आयातकर्ताले गुणस्तरीय सवारी मात्र ल्याउन पाउनेछन्।

निर्देशिकामा उल्लेख भएअनुसार, ब्याट्रीको आयु कम्तीमा ७ वर्ष वा ३००० चार्ज साइकल हुनुपर्नेछ।

ब्याट्रीमा थर्मल व्यवस्थापन, उच्च भोल्टेज, तापक्रम, आगलागी र विस्फोटसम्बन्धी परीक्षणको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

चार्जिङ प्रणाली पनि नेपालमा प्रयोग हुने ग्रिड प्रणालीसँग अनुकूल हुनुपर्नेछ।

साथै, इभी सवारी साधनको न्यूनतम माइलज पनि तोकिएको छ।

चारपांग्रे गाडीको माइलज कम्तीमा ३०० कि.मि. र दुई/तीनचक्के सवारीको माइलज १०० कि.मि. हुनुपर्नेछ।

मोटरमा अन्तर्राष्ट्रिय गुणस्तर (IEC 60034) प्रमाणित दक्षता र विवरण स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकाले इभी सेवा केन्द्र, मर्मत संयन्त्र, आवश्यक स्पेयर पार्ट्स उपलब्धता र दक्ष जनशक्ति पनि अनिवार्य बनाएको छ।

मापदण्ड नपुगेका इभी सवारी अब नेपालमा आयात गर्न नपाइने मन्त्रालयको स्पष्ट चेतावनी छ।

यस नियमले बजारमा गुणस्तरीय र सुरक्षित इभी प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने सरकारको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *