नारायणघाटमा बस बग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।
काठमाडौँबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बसलाई अचानक आएको बाढीले बगाएको हो। बसमा ३८ जना यात्रु थिए, जसमा तीन शिशु पनि छन्।
इलाका प्रहरीले सबै यात्रुलाई सकुशल उद्धार गरेको छ।
खोलामा पानी बढेकाले बस निकाल्न समस्या भइरहेको छ र सडक पूर्णरुपमा अवरुद्ध छ।
यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *