गोरखा जिल्लामा अटो मेकानिकल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको भेलाबाट गोरखा अटो मेकानिकल व्यवसायी एशोसियसन को तदर्थ समिति गठन गरिएको छ।
समितिको अध्यक्षमा कुल बहादुर थापा चयन भएका छन्। कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ का केन्द्रीय अध्यक्ष गोपाल भट्टराई, वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली र GAMA पोखरा अध्यक्ष विष्णु प्रसाद अधिकारी को विशेष उपस्थित रहेको थियो।
भेलामा गोरखाका वरिष्ठ व्यवसायी नारायण खत्री, अन्जन बाबु खत्री, ज्ञानकाजी श्रेष्ठ, जीवन बराइली लगायत जिल्लाभरिका मेकानिकल व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले गोरखा जिल्लामा अटो मेकानिकल व्यवसायीहरूलाई एकीकृत रुपमा संगठित गर्ने दिशामा महत्त्वपूर्ण कदम अगाडि बढाएको छ।