बिरगंजमा TotalEnergies मेकानिक अन्तरक्रिया सम्पन्न

नेपालका लागि TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा.लि. ले बिरगंजमा मेकानिक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रम S.K Suppliers (बिरगंजस्थित अधिकृत डिलर) को सहकार्यमा सम्पन्न भएको हो।

बिरगंज तथा आसपास क्षेत्रका थुप्रै वर्कशपका मेकानिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा TotalEnergies लुब्रिकेन्ट्स — विशेषगरी इञ्जिन अइल — को गुणस्तर, प्रविधि, र गाडीको दीर्घकालीन सुरक्षामा पर्ने प्रभावबारे जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी मेकानिकहरूले आफ्ना अनुभवहरू साझा गर्दै TotalEnergies ले गाडीको प्रदर्शन, स्मूदनेस, र इञ्जिन आवाजमा उल्लेखनीय सुधार ल्याएको बताए।

कार्यक्रमले ब्रान्डको विश्वसनीयता र लोकप्रियता झनै बलियो बनाएको र मेकानिकहरूको प्राविधिक ज्ञानमा वृद्धि गरेको सहभागीताहरूले बताएका छन्।

लक्ष्मी ल्युब आयलले S.K Suppliers लाई सफल आयोजनाको लागि धन्यवाद दिँदै, यस्ता ज्ञानमूलक कार्यक्रमहरू देशभर चलाउने प्रतिबद्धता दोहोर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *