Skip to content
नेपाली अटोमोबाइल क्षेत्रमा प्रिमियम टायरको नयाँ विकल्प थपिएको छ।
डेल्टा डिष्ट्रिब्युटर्स प्रालिले विश्वप्रसिद्ध ब्रान्ड कन्टिनेन्टल टायर नेपाली बजारमा भित्र्याएको घोषणा गरेको छ।
कम्पनीले आइस ईन्टरनेशनल कम्बस्टन इन्जिन तथा ईभी दुवै प्रकारका सवारी साधनका लागि उपयुक्त टायर उपलब्ध गराएको जनाएको छ।
जर्मन प्रविधिमा आधारित कन्टिनेन्टल टायर विश्वभर उत्कृष्ट प्रदर्शन, सुरक्षात्मक डिजाइन र दीर्घायुका लागि चिनिन्छ।
डेल्टा डिष्ट्रिब्युटर्सका अनुसार देशभरका अधिकृत डिलरमार्फत कन्टिनेन्टल टायर बिक्री सुरु गरिएको छ।
कम्पनीले नेपाली ग्राहकलाई गुणस्तरीय सेवा र दीर्घकालीन टायर विकल्प प्रदान गर्ने लक्ष्य लिएको बताएको छ।
कन्टिनेन्टल टायरको नेपाली बजारमा आगमनसँगै प्रिमियम टायरको प्रतिस्पर्धामा नयाँ आयाम थपिएको विश्लेषकहरू बताउँछन्।
Post Views: 341