नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले चीनको छोङछिङमा जुन ६–७ मा आयोजित “चाइना अटो छोङछिङ समिट २०२५” मा सक्रिय सहभागिता जनाएको छ।
समिटमा “रुपान्तरणमा रहेको उद्योगको भविष्य निर्माण” भन्ने मुख्य विषयमा छलफल भएको थियो।
नाडा अध्यक्ष करण चौधरीले चीन–आसेआन सत्रमा प्यानलिष्टका रूपमा नेपालका अटो क्षेत्र, व्यापार सम्भावना र क्षेत्रीय सहकार्यबारे आफ्नो धारणा राखे।
उनले दुईवटा उच्चस्तरीय बन्द सत्रमा पनि सहभागिता जनाएका थिए जहाँ दिगो यातायात र विद्युतीय सवारी साधन प्रवर्द्धनबारे छलफल भयो।
नाडाले सम्मेलनमा नेपालको व्यापार प्रवर्द्धनका लागि स्टल राखेर बजार सम्भावना, नीति तथा आगामी अगस्टमा काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२५ को जानकारी दिएको थियो।
चिनियाँ कम्पनीहरूले नेपालप्रति चासो देखाएका छन्।
नाडाको यो सहभागिताले नेपालको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा टेवा पु¥याएको छ।
कार्यक्रममा महासचिव सुरेन्द्रकुमार उप्रेती, कार्यसमिति सदस्य प्रकाश कपुरी, यमुना श्रेष्ठ र आमन्त्रित सदस्य अनुपकुमार बराल तथा नारायण पौडेलले पनि सहभागिता जनाएका थिए।
नाडाको इतिहासमा यो पहिलो पटक यति उच्चस्तरीय सहभागिता भएको हो।