इन्फा अवार्ड २०२५: उत्कृष्ट मनोनयन

इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण-पत्र वितरण गरिएको छ ।

हिजाे होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतमा आयोजना हुने इन्फा अवार्डको उत्कृष्ट प्रतिस्पर्धीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको हो ।

बर्ष २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रहरु मध्ये जुरी संयोजक गौरी मल्ल, सदस्यद्धय रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलबाट प्राप्त भएको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष, पारदर्शी र पूर्णव्यवसायिक रहेको ईन्फा ईभेन्ट्स युकेका सिईओ तथा चिफ काेर्डिनेटर उमेशराज माेक्तानले जानकारी दिएका छन् ।

नेपाली चलचित्रको माध्यमबाट नेपाली कला, साहित्य, भाषा, संस्कृतिको प्रवर्धन गर्दै नेपाली फिल्म अवार्डको स्तरलाई विश्व माझ देखाउन सकिने हिसाबले देखाउन इन्फाको दोस्रो संस्करण आयोजना गरिएको हाे ।

फिल्म जगतमा राजा नीर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, बर्षा सिवाकोटी, पुष्प खड्का लगायतका चलचित्रकर्मीहरुले इन्फा अवार्ड २०२५ गत संस्करण भन्दा अझ गर्विलो र प्रतिष्ठित हुने विश्वास राखे ।

मनोनयनमा रहेका कलाकारहरुले कलाको सम्मान गर्दै आयोजना हुन लागेको इन्फा अवार्ड आयोजक संस्था प्रति निक्कै कृतज्ञ देखिए ।

नेपाली चलचित्र क्षेत्रका लागि इन्फा अवार्ड एउटा विश्वसनीय, कलाको सम्मान हुने अवार्डको रुपमा स्थापित गर्दै लैजाने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जुरी संयोजक गैारी मल्लले पत्रकार सम्मेलन माझ इन्फा अवार्डले कलाकारहरु उर्जा थप्ने काम गरिरहेको सुनाईन् । १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेपनि इन्फा अवार्ड कूल २६ विद्यामा वितरण गरिनेछ ।

शर्मीला मल्ललाई लाइफटाइम एचिभमेन्ट अवार्ड सहित जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विद्यामा अवार्ड प्रदान गरिने छन् ।

लाइफटाइम एचिभमेन्ट अवार्डका लागि देउराली ट्राभल्स युकेका अध्यक्ष आशिषराज पन्तद्वारा रु १ लाख १ हजार स-प्रेम प्रदान गरिने पनि कार्यक्रममा घाेषणा गरिएकाे थियाे ।

इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजनामा सेप्टेम्बर १३(भाद्र २८) मा लण्डनको ग्रिनफोर्ड हलमा अवार्ड समारोह आयोजना हुनेछ ।

गत बर्षको कार्यक्रमको छोटो भिडियो र इन्फा इभेन्टस् युकेका सिइओ तथा चिफ कोडिनेटर युकेका उमेशराज मोक्तान, डाईरेक्टरत्रय टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्तको शुभकामना भिडियो समेत प्रशारण गरिएको थियो ।

यता इन्फा इभेन्टस् युकेका डाईरेक्ट पाल्दने लामा र इन्फा नेपालका कोर्डिनेटर मनोज कुमार केसीले यसबर्षको अवार्ड अझ भब्य, सभ्य रुपमा आयोजना हुने जानकारी दिए । उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छः

१. उत्कृष्ट फिल्म

एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि

छक्का पन्जा ५– आमा सरस्वती मुभिज

कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्

पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा

तेल भिसा– वेल डन क्रियसन

२. उत्कृष्ट निर्देशक

अञ्जिला– मिलन चाम्स

छक्का पन्जा ५– दीपाश्री निरौला

कार्साङ– यम शेर्पा

पुर्ण बहादुरको सारङ्गी– सरोज पौडेल

तेल भिसा– शंकर घिमिरे

३. उत्कृष्ट अभिनेता

दयाहाङ राई– कार्साङ्

दीपकराज गिरी– छक्का पन्जा ५

जीतु नेपाल– ज्वाइँ साब

प्रदीप खड्का– पिताम्बर

विजय बराल– पुर्ण बहादुरको सारंगी

४. उत्कृष्ट अभिनेत्री

स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली

वर्षा सिवाकोटी– छक्का पन्जा ५

नीता ढुंगाना– ह्रस्व दीर्घ

उपासना सिंह ठकुरी– खुस्मा

मलिका महत– सतिदेवी

५. उत्कृष्ट पटकथा

प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला

दीपकराज गिरी– छक्का पन्जा ५

यम शेर्पा– कार्साङ

विवेक महर्जन र दिर्घ धामी– आउटलः दफा २१९

महेश दवाडी–पुर्ण बहादुरको सारंगी

६. उत्कृष्ट सम्पादक

मिलन श्रेष्ठ– अञ्जिला

विपिन मल्ल– छक्का पन्जा ५

साहिल खान– आउटलः दफा २१९

बन्दे प्रसाद– पिताम्बर

सुरेन्द्र पौडेल– पुर्ण बहादुरको सारंगी

७. उत्कृष्ट छाँयाकार

नरेन्द्र मैनालीः एक्टर टेक १

हरि हुमागाँई– छक्का पन्जा ५

पुरुषोत्तम प्रधान– कार्साङ

दीपक बज्राचार्य– खुष्मा

पुरुषोत्तम प्रधान– पिताम्बर

८. उत्कृष्ट खलनायक

दिव्य देव– एक्टर टेक वान

प्रमोद अग्रहरि– पिताम्बर

सुमन भण्डारी– आउटलः दफा २१९

कविराज भाम – द्रौपदी

नाजिर हुसेन– देवी

९. उत्कृष्ट सह–अभिनेता

केदार घिमिरे–छक्का पन्जा ५

कामेश्वर चौरासिया– रेशम फिलिली

जितु नेपाल– कार्साङ

सौगात मल्ल– पिताम्बर

मुकुन भुसाल– पुर्ण बहादुरको सारंगी

१०. उत्कृष्ट सह–अभिनेत्री

श्रृजना सुब्बा– अञ्जिला

दिया मास्के– कार्साङ

सुरक्षा पन्त– पिताम्बर

 सीता घिमिरे –सानो संसार

ऋचा घिमिरे– तेल भिसा

११. उत्कृष्ट नव–अभिनेता

प्रिन्स थापा– एक्टर

विवेक कर्माचार्य– वर एण्ड वधु

रवि ओड– द्रौपदी

पारस बम ठकुरी– होस्टेल ३

उत्पल झा– सारंग

१२. उत्कृष्ट नव–अभिनेत्री

दिव्या रायमाझी– एक्टर टेक वान

एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला

सिम्रन खड्का– बेहुली फ्रम मेघौली

श्रृजना निङलेखु– कार्साङ

शिक्षा संग्रौला– आउटलः दफा २१९

१३. उत्कृष्ट द्धन्द निर्देशक

राजु तामाङ– ह्रस्व दीर्घ

चुल्ठे काजी÷श्री श्रेष्ठ –आउटलः दफा २१९

हिमाल केसीः पिताम्बर

श्री श्रेष्ठ – रावायण

सम्राट बस्नेत– ताण्डवम्

१४. उत्कृष्ट नृत्यनिर्देशक

सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा ५

प्रदीप लामा– फेरि रेशम फिलिली

सुष्मा सुनाम– ह्रस्व दीर्घ(उठेर नाचिस्यो)

गम्भीर बिष्ट– ज्वाइँ साब( कसम बत्तीको)

सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा(रुकुम मैकोट)

कविराज गहतराज– पिताम्बर( म त फ्यान भएँ यार)

१५. उत्कृष्ट पाश्र्व गायक

प्रताप दास– तिमीसँग (वर एण्ड वधु)

विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्व दीर्घ)

एसडी योगी– रुकुम मैकोट(खुस्मा)

सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)

आशिष अविरल– रैया चाँदीको (पुर्ण बहादुरको सारंगी)

१७. उत्कृष्ट संगीतकार

थानेश्वर गौतम– रात किन हुन्छ हजुर(अञ्जिला)

अर्जुन पोखरेल–तिमी सँग(वर एण्ड वधु)

एसडी योगी– रुकुम मैकोट(खुष्मा)

बसन्त उदास – च्यात्तिएको चाेली(लाज शरम)

आशिष अविरल – रैंया चाँदीको (पुर्ण बहादुरकाे सारंगी)

ईन्फा ईभेन्टस् यूकेका डाईरेक्टर पाल्देन लामाले कार्यक्रममा स्तरिय बनाउन अहाेरात्र खटिने तथा नेपाली कलाकारलाई विश्व माझ चिनाउन हर सम्भव प्रयास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *