अहिले बजारमा विद्युतिय सवारी साधनमा कर बढ्छ भन्ने विषय निकै चर्चामा छ ।
निजी गाडीले धेरै इन्धन उपभोग नगर्ने हुनाले प्रदुषण नियन्त्रण गर्नको लागी र बाहिरबाट आउने इन्धन नियन्त्रणको लागी कर्मशियल इभीको ठूलो महत्व छ ।
नेपालमा अहिले इभी सवारी साधनहरुको प्रयोग बढ्दैं गएकोमा केहि दिन अगाडी राजधानीमा एक वकिल दम्पतीले सिटीकार किने भने अन्तर्राष्ट्रिय संस्थामा कार्यरत काठमाण्डूका एक दम्पतीको गाडी रोजाइले नेपालमा विद्युतीय कारप्रतिको आकर्षण देखाउँछ। उनीहरूको गाडी चयनले भारत र चीनमा निर्मित गाडी बीचको प्रतिस्पर्धा समेत झल्काउँछ।

युनिसेफमा कार्यरत सुरेन्द्रबाबु ढकाल तीन वर्ष अघिसम्म भारतमा निर्मित कोरियाली कम्पनीको गाडी चढ्थे।
नेपालमा विद्युतीय गाडीको बजार बढ्न थालेकै बेला हो उनले भारतीय विद्युतीय गाडी किने।
त्यसबेला नेपाली बजारमा भारतीय विद्युतीय गाडीको माग यसरी बढेको थियो कि बुकिङ गरेको छ महिनासम्म पर्खिनु परेको ग्राहकहरू सुनाउँछन्। ढकाल भन्छन्, “मैले पनि झन्डै डेढ महिना पर्खिनु परेको थियो।”
Post Views: 761